२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • भिडियो
  • गीतकार एवं संगीतकार चिरन पुनको नयाँ...
--2851

गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक

गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक

बीरजंगको निधन : फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै

आइतवार, कार्तिक १४ २०७८
आइतवार, कार्तिक १४ २०७८
  • बुटवल । नेकपा केन्द्रीय सदस्य, गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक भएको छ । 

    नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत पुनले सोमबार आफ्नो युट्युब च्यानलमा राखेर सार्वजनिक गर्नुभएको छ । 
    बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान र वैचारिक आदर्शलाई मर्मस्पर्शी शब्दहरुमा उनेर पुनले गीतका रुपमा प्रस्तुत गर्नुभएको हो । 

    गीतमा पुनले कमरेड वीरजंगप्रति शीर उचाली श्रद्धाञ्जली व्यक्त गर्दै उहाँ पहाडजस्तै चुनौतीलाई पचाउदै कहिल्यै ननिभ्ने तारा जस्तै अजर अमर जस्तै चम्किरहने योद्धाका रुपमा प्रस्तुत गर्नुभएको छ । 

    गीतमा कमरेड बीरजंगको निधनले फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै भएको र कमरेड वीरजंगको मृत्यु सागरजस्तै गहिरो भएको भाव रहेको छ । कमरेड बीरजंगले हिँडेको बाटो कहिल्यै नभुल्ने प्रण गीतमा गरिएको छ । 

    यसअघि गीतकार एवं संगीतकार चिरन पुनको सयौं क्रान्तिकारी गीत र एल्बमहरु सार्वजनिक भइसकेको छन् । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij