२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
विज्ञान चिन्तन

शरिरका अंगहरुबारे महत्वपूर्ण जानकारी

शरिरका अंगहरुबारे महत्वपूर्ण जानकारी

औसत मान्छेले आफ्नो जीवनकालमा लगभग ४ लाख २० हजार घन मिटर आयतन बराबरको वायुको श्वास तान्छ ।

बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • •      मानव औंलाले ०.०२ मि.मि.सम्मको चाल (movement) को कम्पन महशूस गर्नसक्छ ।

    •        हाम्रो शरीरमा राता रक्तकोषिकाहरु प्रति सेकेण्ड १० लाखको संख्यामा उत्पादन हुन्छन् । यिनीहरु लगभग १२० दिन बाँच्छन् ।

    •        साधारणतया मानव आन्द्रा करिब ९ मि. लामो हुन्छ ।

    •        औसत मान्छेहरुले आफ्नो जीवनकालमा लगभग ४०,००० के.जी. खाना खान्छन् ।

    •        एउटा प्लाज्मा सेल (नजमेको रगतको तरल भाग जो रक्ताणुहरु हटाएपछि बाँकी रहन्छ) ले एक सेकेण्डमा २०० एन्टिबडी अणुहरु (रगतमा हानिकारक वस्तुलाई नष्ट गर्न शरीरले नै बनाउने वस्तु) निर्माण गर्नसक्छ ।

    •        हाम्रो शरीरमा रक्तबाहिनीहरु (ब्लड भेसल्स्)को कुल लम्बाइ  १ लाख कि.मि. छ ।

    •        औसत मान्छेले आफ्नो जीवनकालमा लगभग ४ लाख २० हजार घन मिटर आयतन बराबरको वायुको श्वास तान्छ ।

    •        हामीले आफ्नो जीवनकाल एउटा सानो थोप्लो (लगभग अंग्रेजीमा लेखिने फूल स्टप) बराबरको डिम्बबाट शुरुवात गरेका हुन्छौं ।

    •        उमेर बढ्दै गएअनुसार मान्छे कम सुत्छ । एउटा नवजात शिशु १६ घण्टासम्म सुत्न सक्छ । र, ६० वर्ष पुग्दासम्म उसको सुताइ घटेर ७ घण्टाको हुनपुग्छ ।

    •        नवजात शिशुमा ३५० वटा हाडहरु हुन्छन् भने वयस्कमा २०६ मात्र हुन्छन् । मान्छेको उमेर बढ्दै गएअनुसार हाडहरु जोडिंदै जाने भएकोले यस्तो भएको हो । त्यसैले मान्छेको उमेर हाडको एक्सरे गरेर पत्ता लगाउन सकिन्छ ।

    •        सबभन्दा सानो हाडको नाम स्टेप्स  (stapes bone) हो यो कानमा रहेको हुन्छ । यो  २–३ मि.मि. सम्म लामो हुन्छ ।

    •        सबभन्दा लामो हाडको नाम फिमर (Femur) हो । यो तिघ्रामा हुने हड्डी हो । यो १.८ मि.को अग्लो मान्छेमा ५० से.मि. सम्म लामो हुनसक्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij