२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
अर्थ-उत्पादन

चितवनमा नेकपाका नेता प्रकाण्डसहित धान रोपाइँ

चितवनमा नेकपाका नेता प्रकाण्डसहित धान रोपाइँ

नेपाल कम्युनिष्ट पार्टीले चितवनमा धान रोपाइँ सुरु गरेको छ । देशव्यापी धान रोपाइँ गर्ने अभियान अन्तर्गत नेकपाले चितवनको ज्योतिनगरमा २ बिगाहा जमिनमा आइतबारदेखि धान रोपाइँ सुरु गरेको हो ।

आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • चितवन । नेपाल कम्युनिष्ट पार्टीले चितवनमा धान रोपाइँ सुरु गरेको छ । देशव्यापी धान रोपाइँ गर्ने अभियान अन्तर्गत नेकपाले चितवनको ज्योतिनगरमा २ बिगाहा जमिनमा आइतबारदेखि धान रोपाइँ सुरु गरेको हो । धान रोपाइ कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी, पिबिएम सन्देश सी, केन्द्रीय सदस्य भृकृटीलगायत केन्द्रीय नेताहरुको समेत सहभागिता रहेको छ । 

    पार्टी प्रवक्ता प्रकाण्डको उपस्थितिमा नेकपाले भरतपुर–२६ ज्योतिनगरमा धान रोपेर सुरु गरेको हो । रोपाइँको उद्घाटन गर्दै श्रम, उत्पादन र आत्मनिर्भरताको दिशामा अग्रसर हुन जरुरी रहेको प्रवक्ता प्रकाण्डले बताए । 

    पार्टीलाई आत्मनिर्भर बनाएर देश निर्माणको अभियानको नेतृत्वमा अग्रसर हुन उत्पादन कार्यमा जोडिएको उनले बताए । पार्टी नेतृत्वदेखि कार्यकर्तालाई श्रम र उत्पादनमा जोड्ने नीति अनुसार उत्पादन अभियान जारी रहेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij