ठूलो लुम्पेक । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ मा रहेको संगम युवा समूहको अध्यक्षमा प्रदीप राहादी मगर निर्वाचित भएका छन् ।
भलिबल क्षेत्रमा स्थापित रहेको संगम युवा समूहको नयाँ नेतृत्व चयन भएको हो । समूहले भलिबल खेलाडी दिवंगत हिमाली श्रीसको स्मृतिमा आगामी नयाँ बर्षको बैशाख २ गतेदेखि प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता बैशाख २ गते उद्घाटन भएर बैशाख ५ गते समापन हुने अध्यक्ष प्रदीप राहादी मगरले बताएका छन् । टिम दर्ता भने चैत ३१ र बैशाख १ गते दुईदिन सम्म रहनेछ ।
प्रतियोगिता साबिक वडा स्तरिय हुने, उक्त अवसरमा स्थानीय पञ्चेबाजा सहित विविध सांस्कृतिक कार्यक्रम समेत गरिने अध्यक्ष राहादी मगरले बताए ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न क्षेत्र तथा व्यक्तित्वहरुबाट आर्थिक तथा जिन्सीहरुको सहयोगका लागी समूहले अपिल गरेको छ ।
निर्वाचित कार्यसमितिको नामावली यसप्रकार रहेको छ–
१। अध्यक्ष - प्रदीप राहादी मगर
२। उपाध्यक्ष - प्रकाश श्रीस मगर
३। सचिव - हिमाल तरामु मगर
४। सहसचिव -चुमा तरामु मगर
५। कोषाध्यक्ष - लाउमायाँश्रीस मगर
६। सदस्य - वसन्त श्रीस मगर
७। सदस्य -मेनुका श्रीस मगर
८। सदस्य -धनराज श्रीस मगर
९। सदस्य -यस्मन पुलामी मगर
१०। सदस्य -याम बहादुर तरामु मगर
११। सदस्य - बास्ना राहादी मगर
१२। सदस्य -रेखा श्रीस मगर
१३। सदस्य - दिपा श्रीस मगर
१४। सदस्य - जेनिशा राहादी मगर
१५। सदस्य - बिल्मन तरामु मगर
१६। सदस्य - क्षितिज तरामु मगर
१७ सदस्य - लिलश राहादी मगर
