२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
सत्यवती मेला

सत्यवती मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने

सत्यवती मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने

गुल्मीको सत्यवती मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील समाज क्वाङले प्रतियोगिताको आयोजना गरेको हो ।

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • गुल्मी । गुल्मीको सत्यवती मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील समाज क्वाङले प्रतियोगिताको आयोजना गरेको हो । 

    मेलाको पूर्वसन्ध्यामा कार्तिक २७ देखि २९ गतेसम्म भलिबल आयोजना गरिएको आयोजकले बताएको छ । भलिबल प्रतियोगिता साविक वडा स्तरिय हुने, प्रत्येक टिममा दुईजना खेलाडी खुला समावेश गर्न पाइने, सत्यवती गाउँपालिका वडा नं. ३ को हकमा हालका वडाभन्दा खेलाडी बाहिरको हुनुपर्ने तर पालिकाका अन्य वडा र अन्य गाउँपालिकाका हकमा लागु नहुने आयोजकले बताएको छ । 

    प्रतियोगितामा ८ टिमलाई मात्र समावेश गरिने र लिग प्रणालीमा खेलाइने बताइएको छ । क्लब वा समूहहरुले कार्तिक २५ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने, कार्तिक २७ गते विहानबाट खेल सुरु गर्ने बताएको छ । 

    प्रतियोगितामा बिजेताहरुलाई क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ट्रफी, मेडल र प्रमाणहरुको व्यवस्था गरिएको खेल संयोजक तहलसिं राहादी मगरले बताए । 

    tt.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij