२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
हिमाली श्रीसको स्मृतिमा संगम कप–२०८२

ठूलो लुम्पेकमा संगम–कपको उपाधि आयोजकले चुम्यो

ठूलो लुम्पेकमा संगम–कपको उपाधि आयोजकले चुम्यो

भलिबल खेलाडी हिमाली श्रीस मगरको स्मृतिमा संगम युवा समूहले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक संगम युवा समूह रातोले हात पारेको छ ।

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२

  • गुल्मी । भलिबल खेलाडी हिमाली श्रीस मगरको स्मृतिमा संगम युवा समूहले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक संगम युवा समूह रातोले हात पारेको छ । 

    नयाँ बर्ष २०८२ को सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगितामा कुँवर समाज अस्लेवा मचाकोट उपबिजेता बनेको छ । प्रतियोगितामा तेस्रो स्थान माछापुच्छे« क्लबले हात पारेको छ । 

    प्रतियोगितामा बिजेताहरुले क्रमशः ३६ हजार, २० हजार र १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

    sangamcup-3.jpg
    Photo-Pradip Rahadi Magar 

    त्यस्तै प्रतियोगितामा महिलातर्फ माछापुच्छ«े क्लबले प्रथम र सिद्धबाबा युवा समूहले दोस्रो स्थान प्राप्त गरेका छन् । विजेताले क्रमशः १५ हजार र १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत वितरण गरिएको थियो । 

    कार्यक्रममा दिवंगत हिमाली श्रीस मगरकी परिवारलाई सम्मान र प्रतियोगिता सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको समूहका अध्यक्ष प्रदीप राहादी मगरले बताएका छन् । 

    प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागी भएको र खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको समूहका उपाध्यक्ष एवं खेल संयोजक प्रकाश श्रीस मगरले बताए । 

    sangam cup-2.jpg
    Photo-Pradip Rahadi Magar

    कार्यक्रमको फाइनलका साँझ हातेमालो नौमति मगर पञ्चेबाजा समूह कसिन्थला र स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । 

    कार्यक्रम सम्पन्न भएपछि बसेको समूहको समीक्षा बैठकले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । संगम युवा समूह ठूलो लुम्पेक क्षेत्रमा स्थापित समूह हो । समूहले भलिबलको क्षेत्रमा प्रतिभाशाली खेलाडीहरुको उत्पादन गर्दै आएको छ । 

    sangam-3.jpg
    Phot-- Rabin  Rahadi Magar 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij