२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • खेलकुद
  • संगम युवा समूहद्वारा भलिबल खेलाडी लेसमन...
प्रतिभा सम्मान

संगम युवा समूहद्वारा भलिबल खेलाडी लेसमन राहादीलाई सम्मान

संगम युवा समूहद्वारा भलिबल खेलाडी लेसमन राहादीलाई सम्मान

गुल्मीको सत्यवती गाउँपालिका वडा नं.३, ठूलो लुम्पेकस्थित संगंम युवा समूहले भलिबल खेलाडी लेसमन राहादी मगरलाई सम्मान गरेको छ ।

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं.३, ठूलो लुम्पेकस्थित संगंम युवा समूहले भलिबल खेलाडी लेसमन राहादी मगरलाई सम्मान गरेको छ ।

    सम्मान कार्यक्रममा वडा अध्यक्ष जितु तरामु मगर, राजनीतिकर्मी खोमा तरामु मगर, ठूलो लुम्पेक स्वास्थ्य चौकीका प्रमुख तिलक राना मगरले बधाई दिएका थिए ।

    बिहीबार एक कार्यक्रमको आयोजना गरि स्थानीय मगर बाजागाजा, सम्मान पत्र र नगद सहित राहादी मगरलाई सम्मान गरेको समूहका सचिव प्रदिप राहादी मगरले बताए ।

    भलिबल खेलाडी लेसमन राहादी मगर भर्खरै श्रीलंकामा भएको अन्डर ट्वान्टी भलिबल खेलमा सहभागी भएर फर्किएका हुन् । उनी लगायत ३ जना लुम्बिनी प्रदेशबाट सहभागी भएका थिए ।

    लेसमन राहादी मगर संगम युवा समूहबाट भलिबल खेल सुरू गरेर अन्तरास्ट्रिय खेलमा सहभागी हुनु समूहका लागि गौरवको बिषय भएकोले सम्मान गरिएको समूहका अध्यक्ष रेशम श्रीस मगरले बताए । कार्यक्रममा लेसमन राहादीकि आमा धनी राहादी मगरलाई समेत सम्मान गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij