२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • खेलकुद
  • नेकपा गुल्मीद्धारा नयाँगाउँ रिपोटर्स युवा क्लबलाई...
स्थानीय खेलकुद

नेकपा गुल्मीद्धारा नयाँगाउँ रिपोटर्स युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

नेकपा गुल्मीद्धारा नयाँगाउँ रिपोटर्स युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको धुर्कोटस्थित नयाँगाउँ रिपोटर्स युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको धुर्कोटस्थित नयाँगाउँ रिपोटर्स युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । 

    क्लबद्धारा दशैंको अवसरमा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटनमा खेलकुद सामग्री हस्तान्तरण गरेको हो । 
    पार्टीका जिल्ला सचिब बसन्त सीले पार्टीको तर्फबाट दुई थान भलिबल, एक थान नेट (जाली) र एक थान पम्प हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा उनले युवाहरुको प्रतिभाहरुलाई विकास गरी खेलकुदको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री हस्तान्तरण गरिएको बताए ।

    nayagau2.jpg

    खेलकुदले शारिरीक रुपमा मात्र नभएर यसले समाज रुपान्तरणमा टेवा पुग्ने भएकोले सामग्री हस्तान्तरण गरिएको पार्टीका धुर्कोट गाउँपालिका इन्चार्ज तारा सीले बताए । 

    क्लबका अगुवा विवेक सीले दशैंको अवसरमा असोज २१ देखि २४ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउँदै नेकपाले खेलकुद सामग्री दिएर क्लबलाई महत्वपूर्ण सहयोग पुगेको बताए । उनले कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको बताए ।

    कार्यक्रमका लागि १ नं. वडा कार्यालयले समेत सहयोग गरेको क्लबका सचिव सञ्जीव केसीले बताए ।   

    nayagau-1.jpg
    तश्वीर : विवेक सी

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij