२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • खेलकुद
  • काभा-१९ भलिबल : माल्दिभ्स विरूद्व नेपालको...
काभा-१९ : भलिबल च्याम्पियन

काभा-१९ भलिबल : माल्दिभ्स विरूद्व नेपालको सहज जित

काभा-१९ भलिबल : माल्दिभ्स विरूद्व नेपालको सहज जित

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • बुटवल । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।

    श्रीलङ्काको कोलाम्बोमा जारी प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । नेपालले २५–५, २५–१२, २५–२० को जित निकालेको हो । जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बनाएको छ ।

    नेपालले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । नेपालले समूह चरणको अर्को खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij