२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • खेलकुद
  • श्रीलंकामा पुरुष भलिबल : नेपालको विजयी...
यु-१९ भलिबल च्याम्पियनसिप

श्रीलंकामा पुरुष भलिबल : नेपालको विजयी सुरुवात

श्रीलंकामा पुरुष भलिबल : नेपालको विजयी सुरुवात

नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ ।

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बुटवल । नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।

    यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा‌ पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको हो । असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ ।

    असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।


    प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।

    सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

    नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij