२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
खेलकुद

शान्ति नमुनालाई जिल्ला स्तरीय फुटवलको उपाधि

शान्ति नमुनालाई जिल्ला स्तरीय फुटवलको उपाधि

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा भएको जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक  शान्ति नमुना मा.वि.ले हात पारेको छ ।

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • तिलोत्तमा, असोज १९ ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा भएको जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक  शान्ति नमुना मा.वि.ले हात पारेको छ । 
    फाइनल खेलमा अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउँदै शान्तिले उपाधि चुमेको हो । यसअघि निर्धारित समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । 

    प्रतियोगितामा होराइजन जि.वि.एस. तृतीय भएको छ । न्यू होराइजन मा.वि.ले खेलमा सहभागिता नजनाएपछि होराइजन जि.वि.एस. स्वतः तृतीय भएको प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो । 

    रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच भएको प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ । 

    विजेताहरुलाई तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँण, तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापकद्वय लोकनाथ कंडेल र दिपेन्द्र शाक्य लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

    समापन कार्यक्रम शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी. को अध्यक्षता तथा सचिव दिनेश खड्काको सञ्चालनमा भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij