२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • ठूलो लुम्पेकका लेशमन राहादीमगर श्रीलंकामा भलिबल...

ठूलो लुम्पेकका लेशमन राहादीमगर श्रीलंकामा भलिबल खेल्न जाने

ठूलो लुम्पेकका लेशमन राहादीमगर श्रीलंकामा भलिबल खेल्न जाने

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१

  • बुटवल । गुल्मीको ठूलो लुम्पेकका नयाँ प्रतिभावान भलिबल खेलाडी लेसमन राहादी मगर सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा आगामी अक्टोबरको पहिलो साता श्रीलंकामा हुने प्रतियोगितामा भाग लिन कोलम्बो जाने तयारीमा रहेका छन् । उनीसँगै नेपाली भलिबलको नेतृत्व गर्दै १२ जनाको टोलीमा छनोट भएका छन् ।

    गुल्मीको गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेक क्वाङ सत्यवतीमा स्थायी घर भएका लेसमन भलिबल खेलमा प्रतिभावान खेलाडी हुन् । पहाडी क्षेत्रमा असाध्यै लोकप्रिय रहेको भलिबल खेल ठूलो लुम्पेकबाट अन्तर्राष्टिय स्तरको खेलमा सहभागिता भएको यो पहिलो हो ।

    अन्तर्राष्टिय स्तरको यो प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै छनौटमा पर्नु समग्र गुल्मी जिल्लाबासीहरुका लागि समेत खुशी कुरा हो । गाउँका सुदूर वस्तीहरुमा ओझेलमा परेका लेसमन राहादी जस्ता सयौं प्रतिभाहरुको खोजी गरी उनीहरुको प्रतिभामार्फत् देशकै प्रतिष्ठालाई उचोँ बनाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने सरोकारहरुले बताएका छन् । 

    उनी अहिले अध्ययनको सिलसिलामा बुटवलस्थित न्यू होराइजन माविमा अध्ययन गर्दै आएका छन् । उनी यसअघि १८ जना छनोट भएकामा मध्ये एक महिनासम्म काठमाडौंमा चलेको बन्द प्रशिक्षणबाट उत्कृष्ट १२ खेलाडी मध्ये छनौट भएका हुन् । 

    उनीसँगै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बुटवलको न्यू होराइजन माविका विद्यार्थीहरु सूर्य विक र सागर रसौली समेत टोलीमा छनोट भएका हुन् । सात प्रदेशमा भएको छनोटबाट सबैभन्दा धेरै लुम्बिनी र सुदूरपश्चिमबाट ३–३ जना छनोट भएका हुन् । 
    टोलीमा पहल गहतराज (कर्णाली), सुरेश मल्ल (सुदूरपश्चिम), अशोक राना (सुदूरपश्चिम), शैलेन्द्र यादव (मधेश प्रदेश), जित बहादुर सार्की (गण्डकी), सुर्य वि.क. (गण्डकी), सुजन सुनार (बागमती), अर्जुन नेपाली (सुदूरपश्चिम) र विश्वास अधिकारी (गण्डकी) छनोट भएका भलिबलका राष्ट्रिय प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

     

    फोटो : अनलाइनखबर डटकम

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij