२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • महिला टी–२० क्रिकेट प्रतियोगितामा आज...
--5493

महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

आइतवार, जेठ २१ २०८०
आइतवार, जेठ २१ २०८०
  • बुटवल ।  महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

    यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।

     मलेसियामा जारी द्विदेशीय शृङ्खलाको शनिवार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

    आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij