२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • नेपालले यूएईलाई ९ रनले हराउँदै...
--5326

नेपालले यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा

नेपालले यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा

बिहिवार, चैत्र २ २०७९
बिहिवार, चैत्र २ २०७९
  • बुटवल । नेपालले युएईलाई ९ रनले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग-२ युएईबीचको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल जिम्बावेमा हुने वर्ल्डकप क्वालिफायर खेल्न पाउने भएको हो।  

    टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेट गुमाएर ४४ ओभरमा २६९ रन बनाएको थियो। 

    त्यसैबीच खेल्न नमिल्ने गरी अँध्यारोका भएकोले 'डिएल मेथड'मा गएको थियो। उक्त मेथडअनुसार नेपालले युएईलाई पराजित गरेको हो। 

     
    युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। यता नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij