२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • रूपन्देही सुपरलिग : तिरुपति क्रिकेट...
--5276

रूपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

सोमवार, फाल्गुण २२ २०७९
सोमवार, फाल्गुण २२ २०७९
  • भैरहवा,फागुन २२ । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल–११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

    सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा खेलमा ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनको योगफल बनायो । उसका लागि वसिर अहम्मदले ५४, नन्दलाल चाईले ३३, विवेक यादव र तुलबहादुर थापाले २४–२४, आशुतोष उपाध्यायले १७ र संदीप मौर्यले ११ रनको योगदान दिए । बलिङमा बुटवल–११ का विभेष खातीले ४, हरिबहादुर चौहान र इशान पाण्डेले समान २–२ तथा एजाज अहम्मदले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बुटवल–११ ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय २ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका बीरेन्द्र मल्लाहले ४, वसिर अहम्मद र विवेक यादवले समान २–२ तथा तुलबहादुर थापा र संदीप मौर्यले १–१ विकेट लिए । बुटवल–११ का इशान पाण्डे र विभेष खातीले १९–१९, हरिबहादुर चौहानले ११ र अशोक पौडेलले १० रन बनाए । तिरुपतिका वसिर अहम्मद म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

    चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij