२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5115

जाडोबाट कसरी बच्ने ?

जाडोबाट कसरी बच्ने ?

आइतवार, पौष ३ २०७९
आइतवार, पौष ३ २०७९
  • बुटवल । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

    जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्रध्यापक डा. निरन्जन बम चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिन्छन्। उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए। झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताउँछन्।

    जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ। श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ। डा.बमले चिसो समयमा मानिसले सतर्कता अपनाएमा रोगमुक्त हुन सकिने बताउँछन्। शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ। चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ। श्वासप्रश्वास र हाछ्युँ गर्दा वा खोक्दा निस्किने सिँगान र थुकको छिटाबाट फैलने र सर्ने भएकाले यस समयमा बिरामीको संख्या बढी हुने गरेको छ।

    चिसोबाट बच्ने उपाय
    -खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
    -ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
    -तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
    -घाम ताप्ने, तेलले मालिस गर्ने
    -बाक्ला, उनीका लुगा लगाउने
    -छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij