२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर...
--3426

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

आइतवार, माघ ९ २०७८
आइतवार, माघ ९ २०७८
  • एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिगर म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा सिटी घरेलु टोली साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको हो।

    खेलको सातौं मिनेटमा केल वाकरको गोलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिटीका ऐनरिक लापोर्टेले खेल बराबरीमा ल्याए। ६५ औं मिनेटमा केभिन डी ब्रुइनको फ्रिकिकमा हेडिङमार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका थिए।

    गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहममाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकाल्यो। युनाइटेडको जितमा इन्ज्युरी समयमा एडिन्सन काभानीको पासमा मार्कस रासफोर्डले गोल गरे।

    अन्य खेलहरुमा एभर्टनलाई एस्टोन भिल्ला र लिड्स युनाइटेडलाई न्युक्यासलले समान १-० गोलअन्तरले हराउँदा वुल्भस्ले ब्रेन्टफोर्डमाथि २-१ गोलअन्तरको जित निकालेको थियो।

    योसँग अंकतालिकामा २३ खेलबाट ५७ अंक जोडेको म्यानचेस्टर सिटी यथावत छ भने २२ खेलबाट ३८ अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष चारमा उक्लिएको छ। तालिकाको दोस्रो र तेस्रो स्थानमा लिभरपुल र चेल्सी क्रमश ४५ र ४४ अंक जोडेर रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij