बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशनबाट महेन्द्र प्रसाद उपाध्याय चापागाईंको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।
अधिवेशनले दुर्गा प्रसाद खनाललाई उपसभापति, ज्ञानेन्द्र पाण्डेलाई सचिव तथा बाबुराम अर्याललाई सह–सचिवमा चयन गरेको छ। त्यसैगरी शर्मिला आचार्य, अनिता पन्थी, राजबहादुर क्षेत्री, रामनाथ हरिजन, जमुना सापकोटा, खडानन्द पौडेल, विष्णु प्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा तथा शेषकान्त गैह्रे (समीर) सदस्यमा चयन भएका छन्।
नवनिर्वाचित जिल्ला कार्यसमिति तथा निर्वाचन क्षेत्र समितिका पदाधिकारी एवं सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। जनताको आशा, भरोसा र परिवर्तनको अभियानलाई थप सशक्त बनाउँदै संगठनलाई जनमुखी र प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वलाई सफल, जिम्मेवार र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा पार्टी संगठन विस्तार, सुशासन र जनचासोका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
यस अघि उद्वाटन सत्रमा रास्वपाका केन्द्रीय नेताहरु तथा रुपन्देही जिल्लाबाट निर्वाचित सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
