२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “दुई–चार खराब ऋणीका कारण सहकारीमा विश्वास...
News

“दुई–चार खराब ऋणीका कारण सहकारीमा विश्वास संकट” — अध्यक्ष शर्मा

“दुई–चार खराब ऋणीका कारण सहकारीमा विश्वास संकट” — अध्यक्ष शर्मा

सिरसिरे बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम सम्पन्न

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • बुटवल ।सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौं शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका सहकारी प्रमुख गुणाखर खनालले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्दै सहकारीको महत्व, बचत तथा ऋण व्यवस्थापन, सदस्यहरूको भूमिका र जिम्मेवारी तथा सहकारीमार्फत आर्थिक सशक्तीकरणका विषयमा विस्तृत जानकारी दिनुभयो । उहाँले बुटवल क्षेत्रका सहकारी संस्थाहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै ऋण भुक्तानी नगर्ने ऋणीहरूमाथि आवश्यक कानुनी कारबाही गर्न उपमहानगरपालिका तयार रहेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष रामकृष्ण शर्माले पछिल्लो समय देशभर सहकारी क्षेत्रमा विश्वासको संकट बढ्दै गएको बताउनुभयो । “दुई–चार जना खराब ऋणीका कारण इमानदार शेयर सदस्यहरूसँग समेत लगानी गर्न डराउनुपर्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो ।

    अध्यक्ष शर्माले पटक–पटक ताकेता गर्दा पनि ऋण भुक्तानी नगर्ने ऋणीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिँदै संस्थामा आवद्ध शेयर सदस्यहरूको बचत पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न आग्रह समेत गर्नुभयो ।

    तालिममा सहभागी सदस्यहरूले कार्यक्रमबाट सहकारी सम्बन्धी ज्ञान, सचेतना र जिम्मेवारीबोध बढेको प्रतिक्रिया दिएका छन् । संस्थाले यस्ता कार्यक्रमहरूले सदस्यहरूलाई अझ सक्रिय, अनुशासित र जिम्मेवार बनाउने विश्वास व्यक्त गरेको छ ।

    कार्यक्रममा संस्थाका शिक्षा समिति संयोजक दुखीराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष टेकराज शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij