२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “विदेशभन्दा आफ्नै माटोमा सम्भावना बढी” —...
News

“विदेशभन्दा आफ्नै माटोमा सम्भावना बढी” — उपप्रमुख अर्याल

“विदेशभन्दा आफ्नै माटोमा सम्भावना बढी” — उपप्रमुख अर्याल

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत २१ दिने तालिम सम्पन्न

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • बुटवल। बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत २१ दिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी हुन् ।

    समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले सकेसम्म विदेश पलायन नहुन आग्रह गर्दै आफ्नै देशमा परिवारसँग मिलेर मेहनत गरे विदेशसरह आम्दानी गर्न सकिने बताइन् । उनले सानो–सानो बचतबाट आर्थिक अनुशासनको शुरुआत गर्न सहभागीहरुलाई आग्रह गरिन् ।

    “विदेश नै जीवनको अन्तिम विकल्प होइन, यहीँ अवसर खोजेर श्रम गरे आत्मनिर्भर बन्न सकिन्छ,” उनले भनिन् ।

    यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवालीले २१ दिने तालिमले सहभागीहरुलाई व्यवहारिक ज्ञान, आर्थिक सचेतना तथा आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुगेको बताए । उनले यस्ता कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारी, वित्तीय व्यवस्थापन तथा सामाजिक सचेतनामा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका दुई सयभन्दा बढी सहभागीहरुको सहभागिता रहेको थियो । तालिमअन्तर्गत वित्तीय साक्षरता, बचतको महत्व, वैदेशिक रोजगारीका चुनौती तथा मनोसामाजिक परामर्शसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

    कार्यक्रम बुटवल उपमहानगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij