२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • कान्ति मावि बुटवलका चार विद्यार्थीले ल्याए...
News

कान्ति मावि बुटवलका चार विद्यार्थीले ल्याए ४.०० जीपीए, ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कान्ति मावि बुटवलका चार विद्यार्थीले ल्याए ४.०० जीपीए, ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण

मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल, वैशाख २९ ,कान्ति माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका चार जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन् भने कुल ५१४ विद्यार्थीमध्ये ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
    ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा आयुस घिमिरे, असिम पुरी, युगल पन्थी र अनिस गौतम रहेका छन्। चारै जनाले पूर्ण जीपीए ल्याउँदै विद्यालयको गौरव बढाएका छन्।
    विद्यालयले उपलब्ध गराएको विवरणअनुसार १३८ जना विद्यार्थीले A+, १६२ जनाले A, १३८ जनाले B+ र ४८ जनाले B ग्रेड प्राप्त गरेका छन्।
    विद्यालय प्र अ गोविन्द ज्ञवालीका  अनुसार यस वर्षको नतिजा विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगको परिणाम हो। उत्कृष्ट नतिजासँगै कान्ति माविले देशमै सामुदायिक बिद्यालय तर्फ  गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ।
    विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण   विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। साथै बैशाख ३१ गते बधाई तथा संमान कार्यक्रम राखिएको प्र अ गोविन्द ज्ञवालीले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij