बुटवल। पर्वत रुपन्देही सेवा समाज, सिद्धार्थनगर समितिको आयोजनामा नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष रामकृष्ण शर्मा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै बुद्धको जन्मभूमिबाट सम्पूर्ण पर्वतेली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। उहाँले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्दै समाजलाई स्थानीय तहसँग सहकार्य गरी सामाजिक तथा आर्थिक उत्पादनसँग जोडिन आग्रह गर्नुभयो। साथै संगठन विस्तारसँगै नयाँ पुस्तालाई आफ्नो जन्मभूमिसँग परिचित गराउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
सिद्धार्थनगर समिति अध्यक्ष कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष शारदा देवी रेग्मी, केन्द्रीय सदस्य तथा निवर्तमान सिद्धार्थनगर समिति अध्यक्ष यादव प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।
यसैगरी उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष शारदा देवी रेग्मी, केन्द्रीय सदस्य यादव प्रसाद सापकोटा, सहसचिव प्रेम गुरुङ, कार्यसमिति सदस्य सौरभ रेग्मी , सल्लाहकारहरु रामकृष्ण बि.क., गणेशराज रेग्मी, महेश भुर्तेल, गोविन्द राज पाण्डे र गोविन्द पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य कमला ढकालले व्यक्त गर्नुभएको थियो।
रुपन्देहीमा रहने पर्वतेलीहरुको विच लोकप्रिय रहेको संस्था पर्वत रुपन्देही सेवा समाजले रुपन्देहीका प्रत्येक पालिकाहरुमा संगठन विस्तार गरेको छ।
