२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “पुराना ऐन संशोधन गरी व्यवसायीमैत्री बनाउनुपर्छ”...
समाचार

“पुराना ऐन संशोधन गरी व्यवसायीमैत्री बनाउनुपर्छ” — नगर प्रमुख पाण्डे

“पुराना ऐन संशोधन गरी व्यवसायीमैत्री बनाउनुपर्छ” — नगर प्रमुख पाण्डे

रुपन्देही व्यापार संघद्वारा शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • रुपन्देही । रुपन्देही व्यापार संघ को आयोजनामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान, भित्तेपात्रो (क्यालेन्डर) तथा संघको बुलेटिन पत्रिका विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले राज्यको नीति व्यवसायीमैत्री नभएको गुनासो गर्दै निजी क्षेत्रलाई सम्बोधन गर्ने स्पष्ट नीति तथा कानुन ल्याउन सरकारसँग माग गरेका छन्।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले विकास सबैको साझा एजेण्डा भएकाले यसमा राजनीति गर्न नहुने बताएका छन्। उनले व्यवसायीमैत्री नीति अभावका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै सरकारी जग्गा लिजमा उपलब्ध गराई उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए। साथै, वर्तमान टेण्डर तथा खरिद ऐन अव्यवहारिक भएको भन्दै समयअनुकूल संशोधन गर्नुपर्ने धारणा राखे।
    त्यसैगरी, कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रकाश ढकाल ले खुला सीमाका कारण स्थानीय बजार प्रभावित भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा परिचयपत्रका आधारमा हुने आवतजावतलाई व्यवस्थित गर्न र खुद्रा सामानको अनियन्त्रित आयातमा कडाइ गर्नुपर्ने बताए।
    कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नरिश्वर पौडेल, संघका पूर्वअध्यक्ष पदम श्रेष्ठ, मोतिलाल पाण्डे, यमलाल लोहोनी, पर्यटन व्यवसायी माधव नेपाल, अधिवक्ता यमलाल खनाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए।
    संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा आगलागी पीडितलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij