२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • राष्ट्रिय सहकारी दिवसमा अध्यक्ष शर्मा आक्रामक,...
समाचार

राष्ट्रिय सहकारी दिवसमा अध्यक्ष शर्मा आक्रामक, सरकारमाथि प्रश्न

राष्ट्रिय सहकारी दिवसमा अध्यक्ष शर्मा आक्रामक, सरकारमाथि प्रश्न

शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • बुटवल। ६९ औँ राष्ट्रिय सहकारी दिवस तथा नयाँ वर्ष २०८३ को अवसर पारेर सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राम कृष्ण शर्माले सहकारी क्षेत्रमा देखिएको गम्भीर संकटप्रति चिन्ता व्यक्त गर्दै बचतकर्ताको रकम तत्काल फिर्ता गराउन सरकारसँग कडा माग गरेका छन्।
    उनले साना बचतकर्ताहरू—सडकमा मकै पोल्ने, सागसब्जी बेच्ने र दैनिक मजदुरी गर्ने वर्गको पसिनाको कमाइ केही ठगहरूको कारण जोखिममा परेको बताए।
    अध्यक्ष शर्माले भने, “केही व्यक्तिहरूको हिनामिनाका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको छ, तर सरकारले प्रभावकारी नियमन गर्न सकेको छैन।”
    उनले नियमनको नाममा सहकारीमाथि अनावश्यक कडाइ, दोहोरो–तेहोरो कर वृद्धि तथा प्रशासनिक दबाबले सहकारीको “घाँटी निमोठ्ने” काम भइरहेको आरोप लगाए।
    अध्यक्ष शर्माले कतिपय सहकारी संगठनहरूमा राजनीतिक दलको भागबण्डा र पार्टीका नेताहरूको व्यवस्थापन गर्ने माध्यमका रूपमा प्रयोग गरिँदा समस्या झन् गम्भीर बन्दै गएको आरोप समेत लगाए।
    त्यस्तै, सहकारीबाट ऋण लिएपछि फिर्ता नगर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे।
    कार्यक्रममा संस्थापक अध्यक्ष द्वारिका प्रसाद नौपानेले सहकारीको दिगो विकासका लागि सञ्चालक समितिको जिम्मेवारी अझ सक्रिय हुनुपर्नेमा जोड दिए।
    सल्लाहकार शरद वलीले सहकारी क्षेत्रमा देखिएको चुनौती समाधानका लागि नयाँ सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गरे।
    कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य कृष्ण पौडेलले राखेका थिए भने सञ्चालन सचिव मञ्जु पाण्डेले गरेकी थिइन्। कार्यक्रममा पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    वक्ताहरूले सहकारीको सुदृढीकरणका लागि सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए। साथै, नयाँ वर्ष २०८३ ले सम्पूर्ण सदस्य तथा आम जनसमुदायमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरिएको थियो।
    यस अवसरमा संस्थाद्वारा प्रकाशन गरिएको भित्तेपात्रोको औपचारिक विमोचन समेत गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij