२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • रास्वपाको संसदीय दलको नेतामा बालेन शाह...
News

रास्वपाको संसदीय दलको नेतामा बालेन शाह चयन, भोलि प्रधानमन्त्रीमा नियुक्ति

रास्वपाको संसदीय दलको नेतामा बालेन शाह चयन, भोलि प्रधानमन्त्रीमा नियुक्ति

बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेतामा काठमाडौंका निवर्तमान नगर प्रमुख बालेन शाहलाई चयन गरेको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

    यसअघि नै रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै राष्ट्रिय राजनीतिमा थप उचाइ हासिल गरेका शाह अहिले निर्णायक भूमिकामा पुगेका छन्।

    इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। छोटो समयमै सुशासन, अनियमितता नियन्त्रण र सेवा प्रवाहमा सुधारका एजेन्डा अघि बढाउँदै उनले आफूलाई फरक शैलीका नेताका रूपमा स्थापित गरेका थिए।

    आजको निर्णयसँगै शाह भोलि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको छ। स्थानीय तहको नेतृत्वबाट संघीय कार्यकारी प्रमुखसम्मको उनको यो यात्रा नेपाली राजनीतिमा असामान्य र अर्थपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

    तर, उनको नेतृत्वले अपेक्षित परिणाम दिन सक्ने वा नसक्ने भन्ने प्रश्न भने अब व्यवहारमै परीक्षण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij