२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुनः...
समाचार

मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुनः थापा निर्वाचित

मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुनः थापा निर्वाचित

बुटवल । मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ। व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको व्यवस्थित सञ्चालन तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • बुटवल । मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ। व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको व्यवस्थित सञ्चालन तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

    अधिवेशनबाट विशाल थापा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। थापाको नेतृत्वमा संघलाई थप सशक्त बनाउँदै व्यवसायीहरूको अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय मासु व्यवसायलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने चुनौतीका बीच नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    नव-निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रशन बहादुर खत्री, उपाध्यक्ष (खुला) मा सुनिता थापा क्षेत्री, उपाध्यक्षहरूमा अहमद हुसेन र ऋषिराम राईभाट चयन भएका छन्। त्यसैगरी महासचिवमा थानिश्वर सुवेदी, सचिवमा विष्णु बहादुर जिसी, कोषाध्यक्षमा लक्ष्मण प्रसाद श्रेष्ठ र सह-कोषाध्यक्षमा विमा थापा निर्वाचित भएका छन्।

    यसैगरी सदस्यहरूमा दामोदर पौडेल, कृष्णप्रसाद अधिकारी, सन्तोष थापा, हुमलाल पन्थी, रतन सिंह थापा, गन कुमारी थापा, देवी खत्री, वेद प्रसाद काफ्ले, अली हसन, अशोक पौडेल, सफी मोहम्मद भाट, ओम बहादुर थापा र विमला थापा चयन भएका छन्।

    नव-निर्वाचित कार्यसमितिले व्यवसायीहरूको समस्या समाधान, व्यवसायको आधुनिकीकरण तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै संघलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij