२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

चट्याङले मध्यराति घर ध्वस्त

चट्याङले मध्यराति घर ध्वस्त

झापाको गौरादह नगरपालिकामा चट्याङका कारण मध्यराति घरमा आगलागी भएको छ। प्रहरीका अनुसार ​गौरादह नगरपालिका-६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११:३० बजेतिर आगलागी भएको हो।

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • झापाको गौरादह नगरपालिकामा चट्याङका कारण मध्यराति घरमा आगलागी भएको छ। प्रहरीका अनुसार ​गौरादह नगरपालिका-६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११:३० बजेतिर आगलागी भएको हो।

    ५० वर्षीय झाको टिनको छानो र बाँसको टाँटीले बेरेको एकतले भान्साघर र त्यसैसँग जोडिएको गोठ (ग्वाली) मा आगलागी भएको हो। 

    प्रहरीका अनुसार मानिसलाई भने केही हुन पाएन। 

    आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घरभित्र रहेका ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर जलेका छन्।

    यस्तै गोठमा रहेका ६ वटा बाख्रा (२ वटा माउ र ४ वटा पाठा) समेत जलेर मरेका छन्।

    ​प्रहरीका अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

    घटनालगत्तै खटिएको गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij