२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • मध्यपूर्वमा युद्धका बिच इरानीले यसरी मनाए...
समाचार

मध्यपूर्वमा युद्धका बिच इरानीले यसरी मनाए इद

मध्यपूर्वमा युद्धका बिच इरानीले यसरी मनाए इद

अमेरिका र इजरायलले निरन्तर गरिरहेको आक्रमणका बाबजुद इरानवासीले इद उल फित्र मनाएका छन्।

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • अमेरिका र इजरायलले निरन्तर गरिरहेको आक्रमणका बाबजुद इरानवासीले इद उल फित्र मनाएका छन्। 

    इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार इद मनाउन ठुलो संख्यामा मानिसहरू मस्जिदमा भेला भएका छन्।

    रमजान समापनमा उनीहरूले इदलाई स्वागत गरेका छन्।

    फार्सले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मसहद सहरस्थित  दरगाहमा मानिस भेला भएका तस्बिर/भिडिओ पनि सार्वजनिक गरेको छ।

    दरगाहलाई इरानको सबैभन्दा पवित्र स्थलमध्ये एक मानिन्छ।

    यस वर्ष इद उल फित्र पर्व र इरानको नयाँ वर्ष ‘नवरोज’ सँगै परेका छन्। यो इस्लामिक र फारसी क्यालेन्डरबिचको दुर्लभ संयोग हो।

     
    https://twitter.com/i/status/2035114024808194178

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij