बुटवल । नेकपा एमालेको किल्ला मानिँदै आएको रूपन्देही क्षेत्र नम्बर २ बाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
प्रत्यक्षतर्फको मतगणनाको अन्तिम नतिजाअनुसार उनले राजनीतिक अनुभवी उम्मेदवार एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भारी मतान्तरले पारिजात गरेका हुन् ।
शनिबार बिहान आएको अन्तिम मत परिणामअनुसार खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे । फागुन २१ गते भएको निर्वाचनमा यहाँ ८६ हजार मत खसेको थियो ।
यस क्षेत्रमा २०६४ सालमा भएको संविधानसभा निर्वाचनयता उपाध्यक्ष पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । पौडेल २०५६ देखि यहीँ क्षेत्रबाट पार्टी र संसदीय राजनीतिमा सक्रिय थिए । लगातार जित्दै आएका पौडेललाई अत्यधिक मतान्तरले हराउदै विजयी भएका हुन ।
खरेलको उदयले युवा पुस्ताले उनीप्रति ठूलो आशा राखेका छन् ।
बुटवल १६ सेमलार निवासी खरेल पेसाले अधिबक्त्ता समेत हुन ।
यसैगरी यस क्षेत्रका सफल व्यवसायी र सामाजिक छवि बनाएका नेपाली काङ्ग्रेसका नेता चुन्न प्रसाद पौडेल तेस्रो स्थानमा रहेका छन् ।
रुपन्देही २ सँगै रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा नै रास्वपा उमेदवारहरुले विजय प्राप्त गरेका छन् ।
