२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “जिते पनि लड्छु, हारे पनि जनताकै...
समाचार

“जिते पनि लड्छु, हारे पनि जनताकै पक्षमा लड्छु” — माओवादी उम्मेदवार बिरेन्द्र सी

“जिते पनि लड्छु, हारे पनि जनताकै पक्षमा लड्छु” — माओवादी उम्मेदवार बिरेन्द्र सी

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू गाउँ–बस्ती केन्द्रित अभियानमा व्यस्त भइरहेका बेला बिरेन्द्र सी ले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट उम्मेदवार बनेका बिरेन्द्र लामो समयदेखि पार्टी संगठनको सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएका युवा नेता हुन्। पछिल्लो समय उनी मतदाता माझ लोकप्रिय बन्दै गएको स्थानीयहरूको भनाइ छ।

    बुटवल क्षेत्रमा रहेका सुकुम्बासी समस्या तथा तिनाउ करिडोर प्रभावितहरूको मुद्दालाई केन्द्रमा राखेर संघर्ष गर्दै आएका बिरेन्द्रलाई श्रमजीवी तथा विपन्न समुदायबाट समेत समर्थन बढ्दै गएको बताइन्छ। घरदैलो अभियानका क्रममा उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफू सत्ताको लागि नभई जनताको पक्षमा राजनीति गरिरहेको सन्देश दिइरहेका छन्।

    मतदातामाझ बोल्दै उनले भने, “म चुनाव जिते पनि नजिते पनि जनताकै पक्षमा लडिरहनेछु।” पुरानो सोच बोकेर देश परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उनले वैज्ञानिक समाजवाद नै २१औँ शताब्दीका नेपालीको आवश्यकता भएको दाबी गरेका छन्। निर्वाचनलाई पार्टीले आन्दोलनकै अर्को मोर्चाका रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ।

    पहिलो चरणको अभियानअन्तर्गत गाउँ–गाउँ र बस्ती–बस्ती पुगेका बिरेन्द्र मतदाताबाट प्राप्त साथ र मायाले थप उत्साहित बनेको उनका सहयोगीहरू बताउँछन्।

    यस क्षेत्र भने प्रतिस्पर्धाका हिसाबले निकै चासोको केन्द्र बनेको छ। विष्णु पौडेल (उपाध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले)), सफल व्यवसायी चुन्नप्रसाद पौडेल (नेपाली कांग्रेस), सुलभ खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी), स्वतन्त्र उम्मेदवार डाक्टर निकोलस भुसाल, तथा विश्वदीप पाण्डे (नेपाली कम्युनिस्ट पार्टी) लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

    बहुप्रतीक्षित यस निर्वाचनमा अन्ततः मतदाताको मन जित्ने नेता को बन्छ भन्ने टुंगो भने फागुन २१ गतेपछि मात्रै

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij