२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम चितवनमा सम्पन्न

निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम चितवनमा सम्पन्न

बुधवार, माघ २९ २०८२
बुधवार, माघ २९ २०८२
  • नेकपा (माओवादी) ले आज चितवनमा जिल्ला स्तरीय निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सम्बोधन गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले साम्राज्यवादी शक्तिहरूका विभिन्न षड्यन्त्रलाई चकनाचुर पार्न पार्टीका कार्यकर्ताहरूलाई दृढतापूर्वक अघि बढ्न निर्देशन दिएका छन्।

    उनले वर्तमान निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रक्रिया नभई राष्ट्रिय स्वाधीनताको लडाइँको रूपमा लिनुपर्ने बताएका छन्। देशको स्वाधीनता, जनअधिकार र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न पार्टी निर्वाचनमा सहभागी भएको उनको भनाइ थियो।

    ०६४ सालपछि भएका सबै निर्वाचनहरू बहिस्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपा (माओवादी) यसपटक भने नयाँ राजनीतिक परिस्थिति र रणनीतिक आवश्यकताका आधारमा निर्वाचनमा सहभागी भएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij