२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

सैनामैनामा माओवादीको निर्वाचन परिचालन कार्यालय उद्घाटन

सैनामैनामा माओवादीको निर्वाचन परिचालन कार्यालय उद्घाटन

बुधवार, माघ २२ २०८२
बुधवार, माघ २२ २०८२
  • बुटवल, नेकपा (माओवादी) रुपन्देही क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कार्यालय मंगलबार सैनामैनामा उद्घाटन गरिएको छ।

    सहिद तथा बेपत्ता परिवारकी सदस्य आमा तुल्सा देवी पाण्डेले प्रतिनिधिसभा उम्मेदवार विष्णु भट्टराई ‘विश्वास’ र समानुपातिक उम्मेदवार बसन्ती जिसी ‘वर्षा’लाई चुनाव चिन्ह ‘गुलाफ’ प्रदान गर्दै कार्यालयको उद्घाटन गरेकी हुन्।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पार्टीका पोलिटब्युरो सदस्य एवं रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै जनजीविकाको ग्यारेन्टीका लागि माओवादी उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए। उनले विगतका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि तथा सरकार देश र जनताप्रति जिम्मेवार नबन्दा मुलुक अहिले जटिल परिस्थितिमा पुगेको उल्लेख गर्दै जनतालाई योग्य र प्रतिबद्ध उम्मेदवार छनोट गर्न आग्रह गरे।

    कार्यक्रममा बोल्दै प्रतिनिधिसभा उम्मेदवार विष्णु भट्टराईले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले जनयुद्ध, एकीकृत जनक्रान्ति र पछिल्लो जेन–जी आन्दोलनका मुद्दालाई संस्थागत गर्न ‘गुलाफ’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपिल गरे।

    कार्यक्रम पार्टीका केन्द्रीय सदस्य नाथु थारुको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य तेजेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij