२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • संसद विघटन गरेर एनजीओका मान्छेबाट चुनाव...
News

संसद विघटन गरेर एनजीओका मान्छेबाट चुनाव गराइँदैछ : चित्रबहादुर केसी

संसद विघटन गरेर एनजीओका मान्छेबाट चुनाव गराइँदैछ : चित्रबहादुर केसी

बुधवार, माघ १५ २०८२
बुधवार, माघ १५ २०८२
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चलिरहेको संसद विघटन गरी एनजीओ–आईएनजीओका प्रतिनिधिमार्फत चुनाव गराउने तयारी भइरहेको गम्भीर आरोप लगाएका छन्। बुटवलमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले वर्तमान राजनीतिक प्रक्रियालाई जनविरोधी र राष्ट्रघाती दिशातर्फ धकेलिएको टिप्पणी गरे।
    गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयता खारेजको मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। कार्यक्रममा अध्यक्ष केसीले संघीय संरचनाले देशलाई आर्थिक, राजनीतिक र प्रशासनिक रूपमा कमजोर बनाएको दाबी गर्दै भ्रष्टाचार संस्थागत भएको आरोप लगाए।
    घोषणापत्रमा शक्तिशाली भ्रष्टाचार नियन्त्रण आयोग गठन, दलाल पूँजी र नोकरीशाही हस्तक्षेपको अन्त्य, राष्ट्रिय उद्योग र किसानको संरक्षण, स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क गरिने स्पष्ट उल्लेख गरिएको छ।
    पत्रकारका प्रश्नमा अध्यक्ष केसीले संघीयता खारेज असम्भव नभएको बताउँदै भने,
    “राजनीतिक इच्छाशक्ति र जनताको साथ भए गलत व्यवस्था हटाउन सकिन्छ।”
    राष्ट्रिय जनमोर्चाले यस निर्वाचनलाई भ्रष्टाचार, अवसरवाद र गलत राजनीतिक प्रवृत्तिविरुद्धको निर्णायक संघर्ष का रूपमा लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij