रुपन्देही । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट पार्टीका जिल्ला सेक्रेटरी, जुझारु युवा नेता वीरेन्द्र सी लाई उम्मेदवारका रूपमा चयन गरेको छ। माओवादीको यो निर्णयसँगै रुपन्देही–२ को चुनावी राजनीति तातिएको छ।
गरिब, सुकुम्बासी, श्रमिक र पीडित जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएका वीरेन्द्र सी करिडोर पीडित आन्दोलनदेखि मिटरब्याजीविरुद्धका अभियानसम्म अग्रपंक्तिमा उभिँदै आएका नेता हुन्। अन्याय, अत्याचार र जनविरोधी प्रवृत्तिविरुद्ध निडर रूपमा बोल्ने र लड्ने नेताका रूपमा उनी बुटवलमा जनविश्वास जित्न सफल भएका छन्।
उता, एमालेले आफ्नो पुरानो पकड मानिएको रुपन्देही–२ मा पुनः उपाध्यक्ष विष्णु पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। यसले यो क्षेत्रलाई झनै प्रतिस्पर्धी बनाएको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विश्वदीप पाण्डे उम्मेदवार चयन भइसकेका छन् भने अन्य दलहरू आन्तरिक छलफलमै छन्।
जनसंघर्षबाट उठेको नेतृत्व, स्पष्ट विचार र आक्रामक राजनीतिक अडानका कारण वीरेन्द्र सी को उम्मेदवारीलाई रुपन्देही–२ मा परिवर्तनको बलियो आधार का रूपमा हेरिएको छ।
यसै क्षेत्रबाट डाक्टर निकोलस भुसालले पनि उमेदवारी दिने घोषण गरेका छन् ।
