२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • रुपन्देही–२ मा विष्णु पौडेल नै एमाले...
समाचार

रुपन्देही–२ मा विष्णु पौडेल नै एमाले उम्मेदवार, केन्द्रको निर्णय सच्याइयो

रुपन्देही–२ मा विष्णु पौडेल नै एमाले उम्मेदवार, केन्द्रको निर्णय सच्याइयो

आइतवार, माघ ५ २०८२
आइतवार, माघ ५ २०८२
  • बुटवल । नेकपा एमालेले रुपन्देही क्षेत्र नं २ बाट उपाध्यक्ष विष्णु पौडेललाई नै उम्मेदवार बनाउने अन्तिम निर्णय गरेको छ। केन्द्रको प्रारम्भिक निर्णय बदर गराउँदै स्थानीय दबाबपछि उम्मेदवारी पुनः रुपन्देहीमै कायम गरिएको हो।

    शनिबार राति बसेको एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष पौडेललाई पाल्पा क्षेत्र नं २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर उक्त निर्णय सार्वजनिक भएसँगै रुपन्देही क्षेत्र नं २ का नेता–कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए।

    आज बसेको रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय कमिटी बैठकले पौडेलले यस क्षेत्रमा ठूला अल्पकालीन तथा दीर्घकालीन विकास योजनाको थालनी गरेको, ती योजनाहरूको पूर्णता र निरन्तरताका लागि पौडेलकै आवश्यकता रहेको निष्कर्ष निकाल्दै केन्द्रीय सचिवालयमा औपचारिक रुपमा निर्णय सच्याउन माग गरेको थियो।

    क्षेत्रीय कमिटीको कडा दबाबपछि केन्द्रले हिजोको निर्णय संशोधन गर्दै विष्णु पौडेललाई रुपन्देही क्षेत्र नं २ बाटै उम्मेदवार बनाउने निर्णय गरेको हो।

    केन्द्रीय सचिवालयबाट अन्तिम निर्णय सार्वजनिक भएपछि स्थानीय नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन्। उनीहरूले विकासको निरन्तरता र राजनीतिक स्थायित्वका लागि पौडेलको उम्मेदवारी अपरिहार्य रहेको प्रतिक्रिया दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij