२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • लुम्बिनी विशिष्टीकृत सहकारी संघको छैटौं वार्षिक...
समाचार

लुम्बिनी विशिष्टीकृत सहकारी संघको छैटौं वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विशिष्टीकृत सहकारी संघको छैटौं वार्षिक साधारणसभा सम्पन्न

दल बहादुर थापा अध्यक्षमा चयन, निवर्तमान अध्यक्ष ज्ञानु पौडेलको राजीनामा स्वीकृत

बुधवार, माघ १ २०८२
बुधवार, माघ १ २०८२
  • बुटवल । लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडको छैटौं वार्षिक साधारणसभा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

    साधारणसभाले संघको अध्यक्षमा दल बहादुर थापालाई चयन गरेको छ। यसअघि संघका अध्यक्ष रहेका ज्ञानु पौडेलले दिएको राजीनामा साधारणसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। नवनिर्वाचित अध्यक्ष थापा यसअघि संघका **कार्यवाहक अध्यक्ष (का.बा.)**का रूपमा कार्यरत थिए।

    साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिला गिरीले विशिष्टीकृत सहकारी संघलाई सबैको साझा प्रयासबाट जसरी पनि सफल बनाउनुपर्नेमा जोड दिए। उनले सहकारी क्षेत्रको विकासले आम नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विशिष्टीकृत सहकारीको दुरगामी प्रभाव रहने बताए।

    “अब आम नागरिकको जीवनस्तर माथि पुर्‍याउने प्रमुख माध्यम भनेकै सहकारी हो,” उनले भने।

    विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा निवर्तमान संघीय सांसद वासुदेव घिमिरेले संघको लक्ष्यअनुसार UHT परियोजनालाई अगाडि बढाउनुपर्ने धारणा राखे। उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै विश्वासको वातावरण निर्माण गरी सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए। सरकारी नीतिका कारण छुट्ट्याइएको बजेट फिर्ता गएको विषयमा पनि उनले ध्यानाकर्षण गराए।

    तिलोत्तमा नगरपालिकाकी उप–प्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले यस उद्योगलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

     

    संघकी अध्यक्ष ज्ञानु पौडेलले संस्थालाई अगाडि बढाउन विगतको समयमा गरेको योगदानलाई अवमूल्यन नगर्न सचेत गराइन्।

     

    यसैगरी तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले तिलोत्तमाको गौरवको आयोजना भएकाले आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको बताए।

    साधारणसभाको बन्दसत्रमा

    का.बा. अध्यक्ष डिबी थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन,

    सचिव खेम प्रसाद गौतमले पेश गरेको आर्थिक प्रतिवेदन तथा

    लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद अर्यालले प्रस्तुत गरेको लेखा प्रतिवेदन

    सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

    साधारणसभाले संघको हालको कार्यसमितिमध्ये केही पदमा मात्र पदपूर्ति गरेको छ।

    जसअनुसार:

    अध्यक्ष : डिबी थापा

    उपाध्यक्ष : मीन प्रसाद पोखरेल

    सचिव : खेम प्रसाद गौतम

    कोषाध्यक्ष : उमा राना

    सदस्य : अमृत प्रसाद शर्मा, काशीराम शर्मा

    लुम्बिनी प्रदेशभित्रका १५२ सहकारी संस्था संलग्न रहेको संघको संस्थागत सेयर पुँजी १० करोड ४५ लाख रुपैयाँ रहेको छ भने ऋण सहयोग झण्डै ३ करोड रुपैयाँ पुगेको छ। हाल संघमा ३८ जना कर्मचारी कार्यरत छन्। संघले दुग्धजन्य पदार्थ उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij