२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा...
समाचार

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः थानेश्वर न्यौपाने

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः थानेश्वर न्यौपाने

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • बुटवल । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

    कपिलवस्तुस्थित नेपालकै प्रतिष्ठित ग्लोबल डेरी उद्योगका सञ्चालकसमेत रहेका न्यौपानेको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा र कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका छन् ।

    यस्तै सह–सचिवमा लिलाराम भुषाल चयन भएका छन् ।

    कार्यसमितिका सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन् ।

    यसअघि नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेधराज भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले मुलुकको अर्थतन्त्रमा डेरी उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उनले अझै पनि किसानले उत्पादन गरेको सबै दूधले बजार नपाएकोप्रति ध्यानाकर्षण गराउँदै यस विषयमा राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।

    त्यसैगरी विशिष्ट अतिथि राष्ट्र बैंक भैरहवा कार्यालयका निर्देशक रमेश आचार्यले डेरी उद्योगीहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

    कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले नव निर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij