बुटवल । लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १९औँ साधारण सभा तथा ७औँ अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट नुरुद्दिन शाहको अध्यक्षतामा नयाँ नेतृत्व गठन भएको हो।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मोहम्मद याकूब, उपाध्यक्षमा सुरेन्द्र कुमार कान्दू चयन भएका छन्। यसैगरी महासचिवमा मेघनाथ पौडेल, सचिवमा मनिस बर्नवाल तथा कोषाध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा मोहम्मद मुनौवर राईन, कृष्णमणि खनाल, खिमराज पोखरेल, राजन बर्नवाल र विपिन अग्रहरी चयन भएका छन्।
नयाँ कार्यसमितिले संघको संस्थागत सुदृढीकरण, व्यवसायीका हकहित संरक्षण तथा फलफूल–तरकारी व्यवसायको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
