२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

संघको जग्गा फिर्ता ल्याउने निर्णय, ऋण लगानीमा कानुनी अवरोधप्रति चिन्ता

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • बुटवल । जिल्ला सहकारी संघ लिमिटेडको ४१ औं वाषिर्क  साधारणसभा संघका पूर्व अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

    साधारणसभामा प्रमुख अतिथि पोखरेलले जिल्ला सहकारी संघको विगतको गरिमामय इतिहासलाई जोगाउँदै संस्थालाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। संघमा आवद्ध सहकारी संस्थाहरूले भोग्दै आएका समस्याको समाधानका लागि संघले अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले संघको नाममा रहेको जग्गाको संरक्षणका विषयमा समेत कडा कदम चाल्न आग्रह गरे।

    साधारणसभामा संघका अध्यक्ष भीम प्रसाद तुलाचनले संचालक समितिको तर्फबाट वार्षिक प्रतिबेदन प्रस्तुत गरे भने महासचिव दामोदर पंगेनीले संस्थागत प्रतिबेदन पेश गरेका थिए। यस्तै, कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। लेखा सुपरिवेक्षण समितिको तर्फबाट पनि छुट्टै प्रतिबेदन पेश गरिएको थियो।

    अध्यक्ष तुलाचनको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष टीका न्यौपानेले राखेकी थिइन् भने  कार्यक्रमको सञ्चालन सचिव बेल प्रसाद शर्माले गरेका थिए।

    संघमा हाल ४०६ वटा सहकारी संस्था आवद्ध रहेका छन्। संघको सेयर पूँजी ४१ लाख २५ हजार रुपैयाँ रहेको छ भने निक्षेप बचत २ करोड ३५ लाख ७७ हजार ९ सय ९९ रुपैयाँ रहेको जानकारी दिइयो।

    संघले हालको कानुनी व्यवस्थाअनुसार आर्थिक कारोबार गर्न नपाउने प्रावधानका कारण ऋण लगानीमा समस्या देखिएको जनाएको छ। साथै, संघको नाममा सिद्धार्थनगर नगरपालिका–८ मा रहेको जग्गा अतिक्रमणमा परेको भन्दै कुनै पनि हालतमा संघको सम्पूर्ण जग्गा फिर्ता ल्याउने निर्णय साधारणसभाबाट अनुमोदन गरिएको छ।

    उक्त जग्गामा केही माफियाहरूको चलखेल हुन सक्ने आशंका व्यक्त गर्दै सदस्यहरूले २०६२ सालअघिको अभिलेखअनुसारको जग्गा कायम हुनुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij