२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवल महोत्सव अन्तिम चरणमा , आजको...
समाचार

बुटवल महोत्सव अन्तिम चरणमा , आजको दिन झनै आकर्षक

बुटवल महोत्सव अन्तिम चरणमा , आजको दिन झनै आकर्षक

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • बुटवल । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा  चिसो मौसमको समेत पर्वाह नगरी हजारौँ दर्शकको बाक्लो उपस्थिति देखिएको छ भने सहभागिता उत्साहजनक रहेको आयोजकले जनाएको छ ।

    आज महोत्सवमा चर्चित गायिका शान्ता रानी परियार, मञ्जु पौडेल, सुनिता बि.सि., लालमाया थापा तथा गायक अलिफ खान, नारायण बि.पि. परियारलगायतका कलाकारहरूको सशक्त प्रस्तुति रहनेछ । साथै ‘प्रदर्शनी आइडल’ प्रतियोगिताको फिनाले चरण समेत आजकै मुख्य आकर्षणको रूपमा रहेको छ ।

    मनोरञ्जनसँगै महोत्सवमा कृषि, पर्यटन र आर्थिक विकासका विषयमा विभिन्न गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन, नयाँ प्रविधिको जानकारी तथा व्यवसायिक अवसरबारे जानकारी दिनु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ।

    महोत्सवले उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई चलायमान बनाएको भन्दै दर्शक तथा व्यवसायीहरूले सन्तोष व्यक्त गरेका छन् । महोत्सव पौष १७ गतेसम्म सञ्चालन हुनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij