बुटवल । विप्लव नेतृत्वको नेकपा ( माओवादी ) रुपन्देहीले सरकारले अनावश्यक बल प्रयोग गरि रहे चुप लागेन नबस्ने चेतावनी दिएको छ।
अर्घाखाँचीको शिवगंगा नगरपालिका स्थित उत्पादन केन्द्रमा छापा मारेर स्थानीय जनतालाई समेत दुख दिएको बिरुद्ध बुटवलमा आयोजित मसाल जुलुसमा समेत बल प्रयोग गरि विद्यार्थी नेताहरूलाई गिरफ्तारी गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
बुटवलमा आयोजित कोणसभामा नेकपा ( माओवादी ) केन्द्रीय सदस्य शरद वलीले शान्तिपूर्ण तरिकाबाट चुनावमा सहभागी हुन आएको पार्टीका बिरुद्ध षड्यन्त्र पुर्बक तरिकाबाट घेराबन्दी गर्न खोजिए परिणाम गम्भीर हुने चेतावनी दिए। हामी शान्तिपूर्ण तरिकाबाट चुनावमा सहभागी हुन गइरहेका छौं , यदि यसलाई कमजोरी ठानियो भने कडा प्रतिरोध गरिने र ईटाको जवाफ पथ्थरले दिन तयार रहेको बताए । नेता तथा कार्यकर्ताहरुलाई गुलाफको फुल लिएर जनताको घर घरमा जान निर्देशन दिदै नेता वलीले यो विदेशी योजनामा बनेको सरकारले निर्वाचन गराउनेमा ढुक्क हुने स्थिति नरहेको बताए ।
यसैगरी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले माओवादी नेता तथा कार्यकर्ता माथि रुपन्देहीको प्रशासनले बल प्रयोग गरे रुपन्देही ठप्प पार्ने चेतावनी दिए ।
निर्वाचन नजिकिँदै जादा विप्लव नेतृत्वको नेकपा माओवादीले शुशिला कार्की नेतृत्वको सरकार बिदेशी डिजाइनमा बनेको भन्दै जेनजी समूह सहितको सर्वपक्षीय सरकार गठनको माग राख्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएर आन्दोलनको अल्टिमेटम दिएको थियोे ।नेकपा (माओवादी ) रुपन्देही द्वारा आन्दोलनको चेतावनी
बुटवल ।
विप्लव नेतृत्वको नेकपा ( माओवादी ) रुपन्देहीले सरकारले अनावश्यक बल प्रयोग गरि रहे चुप लागेन नबस्ने चेतावनी दिएको छ।
अर्घाखाँचीको शिवगंगा नगरपालिका स्थित उत्पादन केन्द्रमा छापा मारेर स्थानीय जनतालाई समेत दुख दिएको बिरुद्ध बुटवलमा आयोजित मसाल जुलुसमा समेत बल प्रयोग गरि विद्यार्थी नेताहरूलाई गिरफ्तारी गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
बुटवलमा आयोजित कोणसभामा नेकपा ( माओवादी ) केन्द्रीय सदस्य शरद वलीले शान्तिपूर्ण तरिकाबाट चुनावमा सहभागी हुन आएको पार्टीका बिरुद्ध षड्यन्त्र पुर्बक तरिकाबाट घेराबन्दी गर्न खोजिए परिणाम गम्भीर हुने चेतावनी दिए। हामी शान्तिपूर्ण तरिकाबाट चुनावमा सहभागी हुन गइरहेका छौं , यदि यसलाई कमजोरी ठानियो भने कडा प्रतिरोध गरिने र ईटाको जवाफ पथ्थरले दिन तयार रहेको बताए । नेता तथा कार्यकर्ताहरुलाई गुलाफको फुल लिएर जनताको घर घरमा जान निर्देशन दिदै नेता वलीले यो विदेशी योजनामा बनेको सरकारले निर्वाचन गराउनेमा ढुक्क हुने स्थिति नरहेको बताए ।
यसैगरी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले माओवादी नेता तथा कार्यकर्ता माथि रुपन्देहीको प्रशासनले बल प्रयोग गरे रुपन्देही ठप्प पार्ने चेतावनी दिए ।
निर्वाचन नजिकिँदै जादा विप्लव नेतृत्वको नेकपा माओवादीले शुशिला कार्की नेतृत्वको सरकार बिदेशी डिजाइनमा बनेको भन्दै जेनजी समूह सहितको सर्वपक्षीय सरकार गठनको माग राख्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएर आन्दोलनको अल्टिमेटम दिएको थियोे ।