२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नाम गोप्य राख्दै पर्बतका सहयोगीबाट तिलोत्तमा...
समाचार

नाम गोप्य राख्दै पर्बतका सहयोगीबाट तिलोत्तमा गौशालालाई ३५ हजार बराबरको दाना सहयोग

नाम गोप्य राख्दै पर्बतका सहयोगीबाट तिलोत्तमा गौशालालाई ३५ हजार बराबरको दाना सहयोग

आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • बुटवल । आफ्नो  नाम गोप्य राख्न अनुरोध गर्दै पर्बतका एक जना सहयोगीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको तिलोत्तमा गौशालामा आश्रित गाईहरूको लागि ३५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको दाना सहयोग गरेका छन्।

    छाडा चौपाया व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका पत्रकार रामकृष्ण शर्मा मार्फत उक्त सहयोग गौशालालाई उपलब्ध गराइएको हो। पत्रकार शर्माका अनुसार सहयोगदाता हाल जापानमा रहँदै आएका छन् र यसअघि पनि जापानबाटै तिलोत्तमा गौशालालाई निरन्तर सहयोग गर्दै आएका थिए।

    एक कार्यक्रमबीच उक्त सहयोग तिलोत्तमा–५ का जनप्रतिनिधि डायमण्ड गिरी लाई मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्व सभापति कृष्णप्रसाद भट्टराई ले हस्तान्तरण गरेका हुन्।

    सहयोग हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि गिरी, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल लगायतले पर्बतका सहयोगदाताप्रति उच्च सम्मान व्यक्त गर्दै गाई संरक्षणका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रममा पशु प्राविधिक त्रिविक्रम न्यौपाने, धुर्बतारा आमा समूहकी अध्यक्ष सीता न्यौपाने, सहयोगकर्ता रेशम भट्टराई तथा इस्कोन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    हाल तिलोत्तमा गौशालामा करिब ४ सय गाई–गोरु आश्रित छन् भने साना बाच्छा–बाच्छीहरूका लागि छुट्टै व्यवस्थित संरक्षणको व्यवस्था गरिएको छ।

    यसअघि पनि बुटवलस्थित नन्दनी गौशालाका लागि विशेष अभियान सञ्चालन गरिसकेका पत्रकार रामकृष्ण शर्मा, समुद्र जिसी, राजु लिगल, कृष्णप्रसाद भट्टराई, रेशम भट्टराई, शंकर गिरीलगायतको टोली छाडा चौपाया व्यवस्थापन र गाई संरक्षण अभियानमा निरन्तर सक्रिय रहँदै आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij