२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवलमा मसाल जुलुसमाथि प्रहरी दमन, अखिल(समाजवादी)का...
समाचार

बुटवलमा मसाल जुलुसमाथि प्रहरी दमन, अखिल(समाजवादी)का तीन नेता गिरफ्तार

बुटवलमा मसाल जुलुसमाथि प्रहरी दमन, अखिल(समाजवादी)का तीन नेता गिरफ्तार

शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • बुटवल । नेकपा (माओवादी) को केन्द्रीय उत्पादन केन्द्र तथा सर्वसाधारण जनताको घरमा सुशिला सरकारले छापा मारेर आतंक मच्चाएको विरोधमा बुटवलमा गरिएको मसाल जुलुसमाथि प्रहरीले व्यापक दमन गरेको छ। सो क्रममा अखिल (समाजवादी) केन्द्रीय सचिवालय सदस्य पदम सी, जिल्ला अध्यक्ष कुमार सी र केन्द्रीय सदस्य राजेश सीलाई प्रहरीले गिरफ्तार गरेको छ।

    बुटवलको मिलनचोकबाट मसाल जुलुससहित सुरु भएको र्‍याली राजमार्ग चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो। चौराहामा पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै मसाल नियन्त्रणमा लिएको थियो।

    कोणसभा समाप्त भई नेता तथा कार्यकर्ता आ–आफ्नो गन्तव्यतर्फ फर्किन थालेपछि प्रहरीले एक्कासी बल प्रयोग गर्दै कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाइएको छ। नियन्त्रणको क्रममा नेकपा माओवादीका नेता–कार्यकर्ता र प्रहरीबीच केही समय झडपसमेत भएको थियो।

    अनावश्यक रूपमा प्रहरीले बल प्रयोग गरेको भन्दै नेकपा माओवादी रुपन्देहीले कडा आपत्ति प्रकट गरेको छ। पार्टीले गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij