२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • राष्ट्रपति समक्ष विप्लव नेतृत्वको नेकपाको १३...
समाचार

राष्ट्रपति समक्ष विप्लव नेतृत्वको नेकपाको १३ बुँदे माग

राष्ट्रपति समक्ष विप्लव नेतृत्वको नेकपाको १३ बुँदे माग

१० दिनभित्र सम्बोधन नभए सडक संघर्ष चर्काउने चेतावनी

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाउँदै १३ बुँदे माग १० दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको छ । तोकिएको समयसीमाभित्र माग पूरा नभए पार्टीले सडक संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको हो ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा नेकपाले जनयुद्ध, जनआन्दोलन, मधेस, जनजाति, महिला तथा दलित आन्दोलनको बलमा स्थापित गणतन्त्र १५ वर्ष नपुग्दै गम्भीर संकटमा परेको ठहर गरेको छ । ज्ञापनपत्रमा वर्तमान राज्यसत्ता दलाल पुँजीवाद, भ्रष्टाचार, कमिसनखोरी, बेरोजगारी, महँगी र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपमा फसेको आरोप लगाइएको छ ।

    पार्टीले २०८२ जेठ २३–२४ मा भएको जन–जी विद्रोहलाई जनताको स्वाभाविक प्रतिरोधको रूपमा व्याख्या गर्दै सो क्रममा भएको राज्य दमन, गोलीकाण्ड र जनधनको क्षतिप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही नगरेसम्म आन्दोलन रोकिँदैन भन्ने चेतावनी पनि दिइएको छ ।

    के–के छन् विप्लव नेतृत्वको नेकपाका १३ बुँदे माग ?

    नेकपाले ज्ञापनपत्रमार्फत

    – वर्तमान सरकार विघटन गरी संक्रमणकालीन अन्तरिम सरकार गठन,

    – संविधान संशोधन तथा नयाँ संविधानअनुसार राज्य पुनर्संरचना,

    – कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन,

    – भ्रष्टाचार नियन्त्रणका लागि विशेष नागरिक आयोग र शक्तिशाली न्यायालय गठन,

    – भ्रष्टाचारीको सम्पत्ति राज्यकरण,

    – भूमिहीनलाई जमिन,

    – कालोधन नियन्त्रण,

    – साम्राज्यवादी राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप अन्त्य

    लगायत १३ बुँदे राजनीतिक, आर्थिक र राष्ट्रिय माग अघि सारेको छ ।

    नेकपाले केवल सरकार परिवर्तन वा चुनावलाई मात्र समाधान नमान्ने स्पष्ट गर्दै, मागको उपेक्षा गरिए जन–आन्दोलन, जन–जी विद्रोह र व्यापक राजनीतिक रूपान्तरण अपरिहार्य हुने चेतावनी दिएको छ । पार्टीको यो कदमलाई वर्तमान सरकार र राज्य संयन्त्रप्रति दिइएको कडा राजनीतिक दबाबका रूपमा हेरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij