२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “बा–आमासँग नगर प्रमुख” कार्यक्रमअन्तर्गत बुटवल–४ र...
समाचार

“बा–आमासँग नगर प्रमुख” कार्यक्रमअन्तर्गत बुटवल–४ र ५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

“बा–आमासँग नगर प्रमुख” कार्यक्रमअन्तर्गत बुटवल–४ र ५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको “बा–आमासँग नगर प्रमुख” कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आज बुटवल उपमहानगरपालिका–४ र ५ नम्बर वडामा सम्पन्न भएको छ ।

    शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जेष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र सेवामा कुनै पनि कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उपमहानगरपालिकाभित्रका १९ वटै वडामा चरणबद्ध रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

    नगर प्रमुख पाण्डेले जेष्ठ नागरिकहरू समाजका अनुभवी, मार्गदर्शक तथा अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य अवस्था सुधारका लागि नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा उपलब्ध गराइँदै आएको बताउनुभयो ।

    आजको शिविरमा प्रतिकूल मौसमका कारण उपस्थित हुन नसकेका बुटवल–४ र ५ नम्बर वडाका जेष्ठ नागरिकहरूका लागि आगामी पौष २१ गते पुनः स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी नगर प्रमुख पाण्डेले दिनुभयो ।

    बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको तालिका अनुसार अन्य वडाहरूमा पनि सम्बन्धित वडा स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जनाएको छ । तालिका अनुसार

    वडा नं. ६ र ७ मा पौष १३ गते,

    वडा नं. ८ र ९ मा पौष १४ गते,

    वडा नं. १० र ११ मा पौष १६ गते,

    वडा नं. १२ र १३ मा पौष १७ गते,

    वडा नं. १४ र १५ मा पौष १८ गते,

    वडा नं. १६ र १७ मा पौष २० गते तथा

    वडा नं. १८ र १९ मा पौष २१ गते पछि पुनः  स्वास्थ्य शिविर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

     आजको शिविरमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij