२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • 'सुशिला सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम...
नेकपा (माओवादी)द्धारा राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र

'सुशिला सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार बनाउनुपर्छ' : नेकपा (माओवादी)

'सुशिला सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार बनाउनुपर्छ' : नेकपा (माओवादी)

नेकपा माओवादीले वर्तमान सुशिला कार्की सरकार नेतृत्वको भंग भई नयाँ सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउदै माओवादीले उक्त माग गरेको हो ।

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • बुटवल । नेकपा माओवादीले वर्तमान सुशिला कार्की सरकार नेतृत्वको भंग भई नयाँ सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउदै माओवादीले उक्त माग गरेको हो । 

    शुक्रबार नेकपा माओवादीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत नेतृत्वले पौडेललाई मागपत्र बुझाउदै तपशीलका माग गरेको हो । 


    नेकपा (माओवादी) ले राखेका १३ माग :

    १. वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ।

    २. जेनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्छ।

    ३. भदौ २३-२४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ।

    ४. संविधान निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदाय र युवा लगायतका मागहरूलाई समेटेर संविधानको पुनर्लेखन गर्नुपर्छ।

    ५. नयाँ संविधान अनुरूप राज्यको पुनर्संरचना गर्नुपर्छ। राज्यको पुनर्संरचना गर्दा अग्राधिकार सहितको समाजवादी सङ्घीय ढाँचामा गरिनुपर्छ।

    ६. राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचनद्वारा गर्नुपर्छ।

    ७. राज्यले उच्चस्तरीय भूमि आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नुपर्छ। वास्तविक सुकुमवासीलाई वासको सुनिश्चित हुनेगरी जमिन उपलब्ध गराउनुपर्छ।

    ८. भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्छ।

    ९. भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्छ। उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्छ।

    १०. राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नुपर्छ।

    ११. गैरकानूनी रूपले आर्जन गरेको कालोधनलाई राज्यको मातहत ल्याउन ५ सय र १ हजारका नोटलाई खारेज गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्छ।

    १२. अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भई रहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुसपैठियाहरूलाई कडा कारबाही गर्नुपर्छ।

    १३. नेपाली मौलिक जनसंस्कृतिमाथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्दछ।

    1.jpg
    undefined
    2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij