बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पौष ३ गतेदेखि १७ गतेसम्म सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक मेला–२०८२ ले बुटवलमा विशेष चहलपहल बढाएको छ। बढ्दो चिसो मौसमको प्रवाह नगरी दैनिक हजारौँ दर्शक–दर्शिकाको घुइँचो लाग्न थालेको छ।
भोलि पौष ७ गते मेलालाई थप आकर्षक बनाउने गरी चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय स्तरका लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका बन्दना पाण्डे को विशेष प्रस्तुति रहनेछ। त्यस्तै गायक मधु परियार, विष्णु सिँजाली, गायिका सिता राना लगायत कलाकारले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। ‘प्रदर्शनी आइडल’ का टप ११ प्रतियोगीहरूको प्रस्तुति समेत रहनेछ।
बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ। कृषि, उद्योग, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले मेलालाई थप अर्थपूर्ण बनाएको छ। आयोजकका अनुसार यो मेला स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक चेतना अभिवृद्धिका लागि महत्वपूर्ण माध्यम बनेको छ।
देशभर चर्चित बुटवल मेलाको यस संस्करणलाई झण्डै ८ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। सांस्कृतिक कार्यक्रम, राष्ट्रिय लोकदोहोरी तथा लोकभजन प्रतियोगिताले मेलाको आकर्षण अझै बढाएको आयोजक संस्थाले जनाएको छ।बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक मेलाको रौनक, चर्चित कलाकारको प्रस्तुति हेर्न हजारौँको भीड
बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पौष ३ गतेदेखि १७ गतेसम्म सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक मेला–२०८२ ले बुटवलमा विशेष चहलपहल बढाएको छ। बढ्दो चिसो मौसमको प्रवाह नगरी दैनिक हजारौँ दर्शक–दर्शिकाको घुइँचो लाग्न थालेको छ।
भोलि पौष ७ गते मेलालाई थप आकर्षक बनाउने गरी चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय स्तरका लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका बन्दना पाण्डे को विशेष प्रस्तुति रहनेछ। त्यस्तै गायक मधु परियार, विष्णु सिँजाली, गायिका सिता राना लगायत कलाकारले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। ‘प्रदर्शनी आइडल’ का टप ११ प्रतियोगीहरूको प्रस्तुति समेत रहनेछ।
बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ। कृषि, उद्योग, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले मेलालाई थप अर्थपूर्ण बनाएको छ। आयोजकका अनुसार यो मेला स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक चेतना अभिवृद्धिका लागि महत्वपूर्ण माध्यम बनेको छ।
देशभर चर्चित बुटवल मेलाको यस संस्करणलाई झण्डै ८ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। सांस्कृतिक कार्यक्रम, राष्ट्रिय लोकदोहोरी तथा लोकभजन प्रतियोगिताले मेलाको आकर्षण अझै बढाएको आयोजक संस्थाले जनाएको छ।