२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • कान्ति माविको ७२ औँ वार्षिकोत्सव समारोह...
समाचार

कान्ति माविको ७२ औँ वार्षिकोत्सव समारोह पौष २ गते

कान्ति माविको ७२ औँ वार्षिकोत्सव समारोह पौष २ गते

सोमवार, मंसिर ३० २०८२
सोमवार, मंसिर ३० २०८२
  • बुटवल । बुटवलस्थित  देशकै नमुना रहेको कान्ति माध्यमिक विद्यालयको ७२ औँ वार्षिकोत्सव समारोह पौष २ गते आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न हुने विद्यालयले जनाएको छ ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरू एक हप्ताअघिदेखि सञ्चालन भइरहेका छन् । यसैक्रममा पौष १ गते नगरस्तरीय भजन प्रतियोगिता आयोजना गरिनेछ भने सोही दिन बिहान विद्यालय परिसरमा बृहत् खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    यसैबीच, पौष २ गते अभिभावकहरूलाई केन्द्रित गरी बुटवल लायन्स आँखा अस्पताल तथा  लायन्स क्लब अफ बुटवलको  सहयोगमा निःशुल्क आँखा तथा मधुमेह रोगको जाँचका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले दिनुभएको छ ।

    शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गर्दै आएको कान्ति माविले वार्षिकोत्सवलाई उत्सवमय वातावरणमा मनाउने तयारी गरेको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा प्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij