बुटवल । पर्वत–रुपन्देही सेवा समाजले संस्थाका केन्द्रीय सल्लाहकार बेलप्रसाद शर्माकी माता अमावती पौडेल (शर्मा)को स्मृतिमा शोकसभा सम्पन्न गरेको छ।
मंसिर ६ गते ८१ वर्षको उमेरमा अमावती पौडेलको निधन भएको थियो। शोकसभामा श्रद्धाञ्जली अर्पण गर्दै संस्थाका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले आमाको निधनले समाजले अपूरणीय क्षति व्यहोरेको बताए। उनले पर्वत र रुपन्देही क्षेत्रको राजनीतिक तथा सामाजिक रूपान्तरणको यात्रामा स्वर्गीय आमाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रममा समाजका केन्द्रीय समितिका प्रमुख सल्लाहकार लोक बस्याल, सल्लाहकार रामप्रसाद पौडेल, वेदप्रसाद न्यौपाने, कृष्णप्रसाद सापकोटा, यामप्रसाद शर्मा, बरिष्ठ उपाध्यक्ष लेखनाथ भट्टराई, बरिष्ठ सदस्य टुकलाल न्यौपाने, बुटवल नगरसमिति अध्यक्ष उषा प्रधान, तिलोत्तमा नगर अध्यक्ष लोक भुसाल, पूर्व केन्द्रीय सदस्य पूर्ण पौडेल, लेखा समिति सदस्य सरु काफ्ले लगायत तिलोत्तमा नगरसमितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संचालन तिलित्तमा नगर समिति उपाध्यक्ष चन्द्रा भुसालले गरेकी थिइन् ।
स्वर्गीय पौडेलका दुई छोरा र दुई छोरी रहेका छन्।
