बुटवल। राजनीतिक अभियानसँगै उत्पादनमूलक कार्यलाई पनि प्राथमिकता दिँदै आएको नेकपा माओवादीले रुपन्देहीमा कृषि गतिविधि तीव्र पारेको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत पछिल्ला दिनमा विभिन्न स्थानमा आलु रोपाइँमा सहभागिता जनाइरहेका छन्।
यही क्रममा आज नेकपा ( माओवादी) रुपन्देहीको आयोजनामा सुद्दोधन गाउँपालिका–६, रजड क्षेत्रमा करिब १ विघा जग्गामा आलु रोपाइँको औपचारिक सुरुवात गरिएको छ।
रोपाइँ कार्यक्रम पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका विभिन्न तह–तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टी स्रोतले जनाएको छ।
माओवादीले “उत्पादन र स्वावलम्बन” लाई राजनीतिक अभियानसँग जोड्दै कृषिमा सक्रियता बढाएको बताइन्छ।
